काठमाडौं २५ जेठ । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग किन लगाएको भन्दै गरेका छन् ।
बुधबार बसेको संसद बैठकमा एमाले सांसद अधिकारीले गत फागुन १ गतेबाट दर्ता गरिएको महाभियोग प्रस्तावमा किन अघि नबढेको भन्दै संसदमा प्रश्न उठाएका हुन् ।
‘प्रधानन्यायाधीश चोलेन्द्रसमशेर विरुद्धको महाभियोग प्रस्ताव संसद्मा असरल्ल छोड्न ल्याइएको हो कि फैसला गर्न ?,यदि, फैसला गर्न ल्याइएको हो भने छलफलमा ल्याउन जोडदार माग गर्दछु’ उनले भने ।
एमालेलाई कमजोर बनाउन गठबन्धनको प्रयासका रूपमा महाभियोगलाई अर्थ्याउँदै महाभियोग लाउनेहरू सिसाको घरमा बसेर अरूलाई ढुंगा हानिरहेको भन्दै उनले आलोचना समेत गरे ।