काठमाडौं २५ जेठ । नेकपा एमालेका सांसद भीम रावलले सरकारले गरेको आइतवार विदा खारेजको विषयमाथि टिप्पणी गरेका छन् ।
आइतवार विदा दिने र फेरी नदिने निर्णय, नेकपा एकिकृत समाजवादी ले चार मन्त्री फेर्ने भर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई कहाँ पेश गरे पनि नफेरिएको भन्दै नेता रावलले टिप्पणी गरेका हुन् ।
तर, पश्चिम सेती जलविद्युत् परियोजना बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पने कार्य गठबन्धन गरेको भन्दै रावलले यसले चरम स्वेच्छाचारी र देश हितमा खेलवाडको निकृष्ट नमूना देखाएको बताएका छन् ।
उनले भनेका छन् , ‘पश्चिम सेती जलविद्युत् परियोजना बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पने कार्य गठबन्धन सरकार एवं दलको चरम स्वेच्छाचारी र देश हितमा खेलवाडको निकृष्ट नमूना हो ।’
उनले लेखेका छन्, ‘आइतवार विदा दिने र फेरी नदिने निर्णय, नेकपा (एस) ले चार मन्त्री फेर्ने भनी प्रमं कहाँ नाम पेश गरेको तर नफेरिएको तथा पश्चिम सेती जलविद्युत् परियोजना बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पने कार्य गठबन्धन सरकार एवं दलको चरम स्वेच्छाचारी र देश हितमा खेलवाडको निकृष्ट नमूना हो ।’