काठमाडौं २५ जेठ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् ।
बुधरबार बसेको संसद बैठकमा बोल्दै सांसद सिंहले उपसभामुख राख्दा राज्यको धेरै खर्च हुने भन्दै सो पद खारेजको माग गरेका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ उनले भने ।
२०७६ साल माघ १२ गतेबाट अहिले सम्म पनि उपसभामुख पद खाली रहेको छ । संवैधानिक व्यवस्था गरे अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
संविधानको धारा ९१ को उपधारा ९२० १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।