संसद विघटनको मुद्धामा सर्वोच्च बारको तर्फबाट घिमिरे र केसी एमिकस क्युरीमा छनोट — OSNepal

संसद विघटनको मुद्धामा सर्वोच्च बारको तर्फबाट घिमिरे र केसी एमिकस क्युरीमा छनोट

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । संसद विघटनको मुद्धामा अदालतलाई सजिलो बनाउन सर्वोच्च बार एसोसिएसनले आफनो तर्फबाट २ जना वरिष्ठ न्यायाधिशहरुलाई एमिकस क्युरीका रुपमा छनौट गरेको छ । छनोट हुनेमा वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले संसद विघटनको मुद्धालाई थप सहजिकरण बनाउन नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई –दुई जना एमिकस क्युरी माग गरेको थियो ।
आज मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमीकस क्यूरीका रुपमा न्यायाधिशहरु घिमिरे र केसीलाई छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर