काठमाडौं :
जनता समाजवादी पार्टीका केही युवा नेताहरुले मानुषी यमी भट्टराईलाई चुनाव लड्न आग्रह गरेका छन् ।
बुधबार बिहान मानुषीलाई भेटेर जसपाका केही युवा नेताहरुले चुनावमा संघीय सांसद बन्नेगरि काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारको तयारी गर्न आग्रह गरेका छन् । मानुषीले पनि पार्टीका युवा नेताहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको बताएकी छन् ।
बालेन साहको विजयपछि काठमाडौंमा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरुको संख्या बढिरहेका बेला मानुषी माथि पनि दबाब सीर्जना भएको हो ।
डा बाबुराम भट्टराई र हिसिला यमीको एकमात्र छोरी मानुषी आफैँ पनि राजनीति तथा सामाजिक काममा सक्रिय छन् ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेद्धवार बालेन शाहको शानदार जितसँगै युवाहरुको राजनीतिमा आर्कषण बढेको छ ।
पढेलेखेका युवाहरुका कारण बुढा र अनपढहरुलाई एक खालको पाठ पढाइरहेका बेला धरानमा हर्क साम्पागं र विराटनगरमा नागेश कोइरालाहरुको उदयसँगै देशभरबाट स्वतन्त्र र
दलहरुबाट पनि युवाहरुको दाबी आगामी निर्वाचनदमा ठूलो संख्यामा पर्ने र युवाले नै बाजी मार्ने संभावना बढेर गएको छ ।