काठमाडौं :
नेपाली फिल्म जगतका सदावहार नायक भुवन केसी कुशल अभिनेता मात्र नभएर एक सफल निर्माता पनि हुन् । जति पनि उनको निर्माणमा बनेका चलचित्रहरु छन् सबै सफल र ब्लकबस्टर रहेका छन् ।अब उनै नायक तथा निर्माता केसीको सुपर काजल फिल्म्सले ‘पारस’ बनाउने भएको छ । एक संचारमाध्यम संगको कुराकानीको क्रममा भुवनले ‘पारस’ फिल्म अब फ्लोरमा जाने बताए ।
भाद्र देखि छायाँकन हुने यस फिल्ममा केसीले आफ्नै छोरा तथा मेघास्टार अनमोललाई मुख्य भुमिकामा राख्नेछन् । हिरोईनको भने खोजी तिब्र रुपमा भईरहेको छ । भुवन केसीले निर्देशक र अन्य कलाकारहरुको फाईनल भईनसकेको बताए । फिल्म एक्सन लभस्टोरीमा आधारीत रहेको छ । यस फिल्मलाई नायक भुवन केसीले नै गर्ने संभावना समेत रहेको बिशेष स्रोतले जनाएको छ ।
सुपर काजल फिल्म्सले निर्माण गर्ने भनेको अर्को फिल्म ‘माइतीघर २’ तत्काल नबन्ने भएको छ ।मोडल नीति शाहले भुवनका छोरा अनमोल केसीसँग फिल्म खेल्न मन भएको म्यासेज गरेसँगै भुवनले ‘पारस’ निर्माणमा चासो देखाउनुले यो फिल्ममा नीति पनि रहन सक्ने सम्भावनाका बारेमा बजारमा चर्चा सुरु भएको छ।