काठमाडौं २४ जेठ । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रुपमा परिणत भएको टिप्पणी गरेका छन् ।
मंगलबार बसेको संसद बैठकमा सांसद सुवालले नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएको विभाग नयाँ भन्सारको रुपमा परिण भएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा अहिले नयाँ भन्सार र नयाँ मालपोत कार्यालय भयो भनेर बिरामीहरुको गुनासो आएको प्रति उनले सरकारको ध्यानाकषर्ण गराएका छन् ।
उनले संसद बैठकमा भने , ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय औषधि ल्याउन करोडौं करोड घुस खाने नत्र ल्याउन नदिने औषधि व्यवस्था विभाग छ । त्यो अहिले नयाँ भन्सार र नयाँ मालपोत कार्यालय भयो भनेर बिरामीहरुको गुनासो छ । प्रधानमन्त्रीको विश्वासपात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ ।’
साथै, उनले उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताएका छन् ।