काठमाडौँ :
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन्। हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु, किराहरु आलेले चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेको तर त्यसमा आफुलाई लोभ नभएको बताएका छन् ।
पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको पुनस्निर्माण मंगलबार शिलान्यास गर्दै उनले भनेका छन् म जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु।’
मेरो आदरणीय अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल निर्माणका क्रममा हामीलाई पठाउँदा नै ६ महिनाका लागि तोक्नु भएको थियो ? साथीहरुलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ आलेले भने ।