सृष्टि, सौगात मल्ल र दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘द सिक्रेट अफ राधा’भदौ १० गते प्रदर्शनमा आउने — OSNepal

सृष्टि, सौगात मल्ल र दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘द सिक्रेट अफ राधा’भदौ १० गते प्रदर्शनमा आउने

LC (KTM) June 07, 2022 0

काठमाडौ । चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सरेको छ । भदौ २४ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्र फेरबदल भएर भदौ १० गते प्रदर्शन मिति घोषणा गरिएको निमार्ण टिमले जानकारी दिएको छ ।

सुवर्ण थापाको निर्देशन रहेको ‘द सिक्रेट अफ राधा’फेरबदर भएरदुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको बताइएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यस चलचित्रको घोषणा मिति तय गरेको हो ।

हालै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ गाँउले परिबेशमा देखा परेकी छिन् । पहिलो पटक गाउँले चरित्रमा प्रस्तुत लागेकी नायिका सृष्टि श्रेष्ठले बच्चालाई काखमा बोकेर गरिब परिवारको भुमिकामा देखा परेकी हुन् ।

निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको यस चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर