उर्फी जावेदले खोलिन् आफ्नो बिबाहको सत्य कुरा , जुन सुनेर फ्यानको मन टुट्न सक्छ — OSNepal

उर्फी जावेदले खोलिन् आफ्नो बिबाहको सत्य कुरा , जुन सुनेर फ्यानको मन टुट्न सक्छ

LC (KTM) June 06, 2022 0

इन्टरनेटमा सनसनी मच्चाउन सफल बलिउड अभिनेत्री उर्फि जाबेद सधै चर्चाकै शिखरमा हुने गरेकि छिन् । उनको लुक्सले सधैं सबैलाई छक्क पार्छ। कहिले के लगाउने भनेर उनी आफैलाई टुंगो हुदैन । जसका कारण उनी धेरै पटक ट्रोलको सिकार बन्न बाध्य भए पनि यो कुरालाई बाइपास गर्दै उर्फी अगाडि बढ्छिन् ।फेरी पनि नायिका चर्चामा छिन् तर यस पटक उनको चर्चामा हुनुको कारण उनको लुक नभई उनको विवाह रहेको छ ।

वास्तवमा उर्फी जावेद मिका सिंहको रियालिटी शो ‘स्वयम्वर मिका दी भोटी’मा वाइल्ड कार्ड एन्ट्री भएको हल्ला चलेको थियो, उर्फी जावेदले मिका सिंह की दुल्हनियाको रेसमा भाग लिने विश्वास गरिएको थियो तर अहिले उनले त्यसलाई अस्वीकार गरेकि छिन् । उर्फी जावेद मिका सिंहको स्वयम्वरमा वाइल्ड कार्डको रुपमा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा दाबी गरिएको थियो । यसैबीच उर्फी जावेदले यसबारे बयान दिएकी छिन् ।

उर्फी जावेदले आफूलाई ‘स्वयम्वर मिका दी भोट्टी’ मा वाइल्ड कार्डको रुपमा नदेखिने खुलासा गरेकी छिन् ।टाइम्स अफ इन्डियासँग कुरा गर्दै उर्फी जावेदले भनिन्, ‘मैले लामो समयदेखि यो अफवाह सुन्दै आएको छु । मिका सिंहको स्वयम्वरमा वाइल्ड कार्ड बनेर जाँदैछु भनेर मानिसहरूले भनेका छन् । म तपाईहरु सबैलाई एउटा कुरा भन्न चाहन्छु कि म यो शो गर्न गइरहेको छैन। आगामी दिनमा पनि विवाहसँग सम्बन्धित कुनै पनि शो गर्दिन ।

उर्फी जावेदले थप भनिन्, ‘मेरो अनुसार विवाह व्यक्तिगत मामिला हो । यदि मैले कसैसँग बिहे गरें भने त्यो मेरो व्यक्तिगत मामला हुनेछ। म आफ्नो बिहेको तमाशा टिभीमा गर्न सक्दिन तर उर्फी जावेदको यो भनाइले फ्यानहरुको मन छोएको छ । मिकाको विवाहमा उर्फी जावेदको नाम जोडिएपछि फ्यानहरू खुसी भएका थिए तर दुःखको कुरा, उनी अब शोमा देखिने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर