आफ्नो भाषण सुन्न कम मानिस सहभागि भएपछि ओलीले आयोजकलाई प्रश्न गरे- आमन्त्रण गर्न कन्जुस्याइँ हो ? — OSNepal

आफ्नो भाषण सुन्न कम मानिस सहभागि भएपछि ओलीले आयोजकलाई प्रश्न गरे- आमन्त्रण गर्न कन्जुस्याइँ हो ?

LC (KTM) June 06, 2022 0

काठमाडौं २३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषण सुन्न थोरै संख्यामा मानिसमा सहभागिता भएपछि ओली अचम्मित बनेका छन् ।

जेठ २२ गते आइतबार विश्व वातावरण दिवसका अवसरमा एमालेको भगिनी संगठन अनेमसंघले आयोजना गरेको कायक्रकममा प्रमुख अतिथिको भुमिकामा सहभागी भएका ओलीले गरेको भाषण सुन्न कमै मान्छेको सहभागिता रहेको थियो । तथापी, तोकिएको समय भन्दा २ घण्टा ढिला सुरु भएको कार्यक्रममा ओलीले करिब १ घण्टा जति भाषण गरेका थिए ।

वातावरणजस्तो महत्त्वपूर्ण विषयमा भएको गोष्ठीमा न्यून सहभागिता देखेर ओलीले आयोजकलाई प्रश्न गरेका थिए । आयोजकप्रति प्रश्न गर्दै ओलीले भने , ‘आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो ? या मान्छेहरूमा रुचि हराएको हो ? अथवा तपाईंहरूको सक्रियतामा कमी भएको हो ? त्यो मैले बुझिनँ ।’

कार्यक्रममा ओलीले सबैलाई मानिसको फोक्सो आधा छातीभित्र छ, आधा रुखमा हुने बताएका थिए उनले भने , ‘फोक्सो भएन भने रुख चल्दैन, रुख भएन भने फोक्सो चल्दैन, त्यस्तो छ ।’

फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि थोरै भएकाले अचम्म लागेको बताएका ओलीले आफूले बोलेको कुरा सुनिएको छ कि छेन भनेर सोध्दा दर्शकदीर्घाबाट नसुनिएको जवाफ आएपछि ओलीले यो हल नबनाएसम्म यहाँ गोष्ठी सेमिनार नगर्न भन्दै शंखघण्ट बजाउस् अनि मज्जाले हुईहुई शंखघण्ट बज्छ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर