काठमाडौं २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धमा सांसद चौधरीले बैठकमा समय लिँदे पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिएका हुन् ।
महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताएकी छन् ।
‘कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ उनले भनिन् । निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने सुझाव समेत दिएकी छन् ।
यो पनि …
सांसद चौधरीको संसदमा प्रश्न : पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्कार?
काठमाडौं २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले यौन हिंसाविरुद्धको कानुनबारे विधेयक आएको बताउँदै सबै पुरुष दोषी हुन्छन् भन्ने दृष्टिकोण राख्न नहुने स्पष्ट पारेकी छन् ।
‘हामी दुईवटा जाति मात्रै छौँ, महिला र पुरुष। तर एउटा व्यक्ति र वर्गका लागि मात्रै कानुन बनाउने होइन,सबै नागरिकको लागि कानुन चाहिन्छ। महिलाको भावना मात्रै होइन, पुरुषको भावना हेरेर कानुन बनाउनुपर्छ।’ उनले थपिन् ।
पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्काररु भन्दै संसदमा आक्रोश पोखेकी उनले भनिन्, ‘हाम्रै पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको घटनामा पनि स्वार्थ मिलुञ्जेल कसैलाई मतलव भएन। स्वार्थ नमिलेपछि बलात्कार अभियोगमा महरालाई ६ महिना जेल कोचियो। ‘
आफु एक महिला भएपनि पुरुष पनि पीडित हुने भएकाले उनीहरुको लागि पनि सम्बोधन हुने भन्दै उनले पुरुषको पीडाको सन्दर्भमा पनि कानुनले हेर्नुपर्ने बताएकी छन् ।
साथै, उनले २० वर्षमा बिहे गर्ने नियम पनि हटाउन माग गरेकी छन् । ‘कानुन व्यवहारिक हुनुपर्छ। कसैलाई दुस्ख दिने कानुन बनाउनु हुँदैन।’उनले भनिन् ।