एकीकृत समाजवादी गरेको मन्त्री हेरफेरको निणर्य कार्यान्यवन नहुने, शपथ लिन तयार नेताहरु भने अन्योलमा — OSNepal

एकीकृत समाजवादी गरेको मन्त्री हेरफेरको निणर्य कार्यान्यवन नहुने, शपथ लिन तयार नेताहरु भने अन्योलमा

LC (KTM) June 06, 2022 0

काठमाडौं २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी गरेको मन्त्री हेरफेरको निणर्य कार्यान्यवन नहुने भएको छ । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको शिर्ष नेताहरुको बैठकले केहि समयको लागि मन्त्री हेरफेर गर्न नहुने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफु मन्त्री हेरफेरको पक्षमा नभएको बताएका थिए ।

देउवाको अडानपछि अब तत्काल नयाँ मन्त्री नथप्ने निर्णय भएको बताइएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ।

आज सपथ खाने नयाँ मन्त्रीहरु भने अन्योलमा परेका छन् । नयाँ मन्त्रीको नाम देउवा समक्ष पनि पठाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर