अबको ५ - ६ महिनामा प्रदेश र संघको चुनाव गर्नुपर्ने भएकाले तत्काल मन्त्री फेर्ने चक्करमा माओवादी केन्द्र छैन : बस्नेत — OSNepal

अबको ५ – ६ महिनामा प्रदेश र संघको चुनाव गर्नुपर्ने भएकाले तत्काल मन्त्री फेर्ने चक्करमा माओवादी केन्द्र छैन : बस्नेत

LC (KTM) June 06, 2022 0

काठमाडौ २३ जेठ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल सरकारमा सहभागी भएका मन्त्री हेरफेर नहुने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भर्खरै सार्वजनिक भएसँगै तत्काल मन्त्री फेर्दा काम धेरै हुन नपाउने भन्दै माओवादीमा अहिले मन्त्री हेरफेरको विषय नउठेको बताएका हुन् ।

अबको ५ – ६ महिनामा प्रदेश र संघको चुनाव गर्नुपर्ने भएकाले तत्काल मन्त्री फेर्ने चक्करमा आफ्नो पार्टी नभएकोले अहिलेकै मन्त्रीहरुको सेटले चुनावसम्म कम गर्ने बस्नेतले बताएका छन् ।

साथै, उनले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जस्तो मन्त्री फेर्ने मानसिकताका साथ माओवादी सरकारमा नगएको स्पष्ट समेत पारेका छन् ।

अहिले माओवादीबाट सरकारमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भूमिसुधार मन्त्री शशी श्रेष्ठ र शिक्षा राज्यमन्त्रीमा बोधमाया यादव ले कार्यभार सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर