काठमाडौं २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ ।
बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रकाशचन्द्र अधिकारीलाई दिइएको छ । योसँगै नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डीएसपी गंगादत्त पन्तलाई बाजुरा पठाइएको छ ।
निर्वाचन आयोगले दिएको समय अनुसार नै निर्वाचन सम्पन्न गर्न सबै तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल ले जानकारी दिएका छन् ।
जेठ महिनामा नै निर्वाचन सम्पन्न गर्न निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्रीसमेत बाजुरा पठाइसकिएको पौडेलले जानकारी दिएका छन् । साथै,नयाँ निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतलाई पनि बजुरा पठाइएको छ ।
यही ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेपछि निर्वाचन रो किएको थियो ।