काठमाडौं:
वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता पौडेलले अभिव्यक्ति दिए पछि सिर्जना सिंहले त्यसको खण्डन गरेकी छन् ।
नेता पौडेको उक्त अभिव्यक्तिप्रति कांग्रेसबाट पराजित काठमाडौं महानगरकी उम्मेदवार सिंहले खण्डन गरेकी हुन् ।
उनले आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको बताएकी छन् । सामाजिक संजालमा स्टाटस लेख्दै खण्डन फर्काएकी सीर्जनाले भनेकी छन् ‘मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको !
हामी छिमेकी जिल्लाबासी पनि। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाई ? यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई ।’
काठमाडौं महानगरमा सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि पारजित भएको थियो भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए ।