काठमाडौं :
यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । प्रि(मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले पहिरोको जोखिम धेरै देखिएको हो ।
वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना जारी गर्ने गरिएको छ ।
भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने भएकाले बढी सर्तकता अपनाउनु पर्ने भएको छ ।