डोजरे विकासले निम्त्याउँदै विनाश — OSNepal

डोजरे विकासले निम्त्याउँदै विनाश

LC (KTM) June 06, 2022 0

जुम्ला । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षसँगै आएको बाढी पहिरोले जुम्लाको मार्सी धान र दर्जनौं विद्युत् गृह लगायतका क्षेत्रमा ठूलो क्षति भयो ।तातोपानी-४, हााँकुस्थित नेत्रज्योति मावि बगर बन्यो । अहिलेसमम पनि विद्यालयको पुनर्निर्माण हुन सकेको छैन् ।

खुला आकाशमै बालबालिका पढिरहेका छन् । बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ । पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा बाढीले विशेष क्षति भएको थियो । अहिले पनि विपद्का आला घाउ जुम्लामा ज्यूँका-त्यूँ छन् । यसरी वर्षासँगै आउने बाढीपहिरोले क्षति गराउने विभिन्न कारणमध्ये पहिलो डोजरी विकासलाई लिइएको छ ।

स्थानीय सरकार सञ्चालनपछि डोजरे विकासलाई दिएको प्राथामिकताले प्राकृतिक सौन्दर्यता बिग्रिनुका साथै विनाश निम्त्याएको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर