काठमाडौं २२ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालमाथि पार्टीले कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भुसालले दिएको अभिव्यक्तिलाई लिएर अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाही गर्न भन्दै पार्टीमा सिफारिस गरेको हो ।
एक कार्यक्रममा नेता भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय तह निर्वाचनमा पराजय भोग्नु परेको अभिव्यक्तिलाई लिएर उनीमा िथ कारवाहीको प्रक्रिया अगाडी बढाइएको हो ।
साथै, उनले पार्टीको १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको कार्यशैलीका कारण निर्वाचनमा पराजय भोग्नु परेको दावी गरेका उनले ओलीले आफ्नो शैली नछोडे एमाले थप संकटतिर धकेलिने निष्कर्ष समेत निकालेका थिए ।
आयोगका अध्यक्ष केशव बडालले दिएको जानकारी अनुसार पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनुपर्ने जनाएका छन् । पार्टींको सदस्य भएर मनपरी बोल्न नपाउने उनले बताएका छन् । भुसालमाथि कारवाहीको प्रक्रियाले एमालेले थप खैलाबैला भएको छ ।