काठमाडौं २२ जेठ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी भएको मन्त्री हेरफेर गरेको छ । चार मन्त्री र एक उाज्य मन्त्रीलाई नेकपा एसले फिर्ता बोलाएको हो ।
आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।
जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ , सहरी विकास मन्त्रीमा मेटमणि चौधरी ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीको नाम परेको छ ।
यस अघि सरकारमा स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ सहभागी भएका थिए ।