काठमाडौ २२ जेठ । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निणर्य विषयमा आफुलाई केहि जानकारी नभएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् ।
पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निणर्य गरेको हो । फिर्ता बोलाउने कुरा आफुलाई थाहा नभएको बताएकी उनले यस विषयमा शिर्ष नेताहरुहरुलाई सोध्न समेत भनेकी छन् ।
जसमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि पदबाट हट्ने भएका छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने बताएका छन् ।