काठमाडौं:
एक भारतीय नागरिक आफैंलाई प्रमाणित गर्न सगरमाथा चढेका छन्। नरेन्द्र सिंह यादव गरेका युवा ६ वर्ष पछि प्रतिबन्ध फुकुवा भएसँगै सगरमाथाको शिखरमा पुगेका हुन्।
यादवले सन् २०१६ को मे महिनामा आफू ८ हजार ८४८।८८ मिटर अग्लो सगरमाथामा पुगेको दाबी गरेका थिए। तर त्यसमा सत्यता नभएपछि नेपाल सरकारले शिखरमा पुगेको मान्यता खोस्दै ६ वर्षसम्म सगरमाथा चढ्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। ६ वर्षअघि उनले आफु सगरमाथा चढेको देखाउन तस्बिरलाई तोडमोड गरेका थिए ।
‘सगरमाथा हामी सबैको सपना हो तर मेरो लागि यो जीवन हो’, शुक्रबार उनले भनेका छन्, ‘ममाथि थुप्रै किसिमको आरोप लागेका थिए। त्यसैले पनि मैले आफैंलाई प्रमाणित गर्नु थियो र सगरमाथाको चुचुरोमा पुग्नु थियो।’