काठमाडौं २२ जेठ । नेकपा एकिकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीको हेरफेर गर्ने विषयमा छलफल गरेको छ ।
शनिबार देखि बसेको सचिवालय बैठकमा यस विषयमा छलफल भएको हो । ६ महिनाका लागि भनेर सरकारमा पठाएको भन्दै पार्टीका उपमहासचिव गंगालाल तुलाधारले पार्टी निर्णय सबैले मान्नुपर्ने बताएका छन् । मन्त्री पदबाट हटाए पार्टी छाड्ने समेत चेतावनी नेकपा एसलाई आएको बुझिएको छ ।
जिम्मेवार नेताहरूले यस्तो चेतावनी नदिने बताएका तुलाधारले भने , ‘पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’
साथै, उनले बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको पनि स्पष्ट पारेका छन् ।