काठमाडौ २२ जेठ । नेकपा माओवादी केन्द्रले पार्टी सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । .
आइतबार बिहान पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैंठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँ संकलन गर्ने निणर्य गरेको हो ।
पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निणर्य भएको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले जनाएका छन् ।