स्मारिका ढकाल र समिर सुबेदीको अभिनयमा मनै रुवाउँने गीत याद निष्ठुरीको सार्वजनिक — OSNepal

स्मारिका ढकाल र समिर सुबेदीको अभिनयमा मनै रुवाउँने गीत याद निष्ठुरीको सार्वजनिक

LC (KTM) June 04, 2022 0

बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल तथा हास्य कलाकार समीर सुवेदी याद निष्ठुरीको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखला दोबाटेमा चिबे बुढो पात्रबाट लामो समय अभिनय गरे । हास्य टेली सिरियल हास्नु हुन्न है को लेखन तथा निर्देसन समेत गरेका समिर संचारकर्मी समेत रहेका छन् ।

यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा रहेको राम राम तिम्रो कसम गीतको म्युजिक भिडियोमा समेत आफ्नो अभिनय कौशलता पस्किसकेका छन् । जुन गीत निकै रुचाइएको थियो । आधा दर्जन भन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । पुर्वबाटै संघर्ष गर्दै गरेका समिरले निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन । यस गीतमा समीरलाई स्मारिका ढकालले साथ दिएकी छिन् ।

उनको निकै राम्रो अभिनय रहेको छ यस म्युजिक भिडियोमा । विक्रम चौहानको परिकल्पना र निर्देशनमा बनेको भिडियो तारिफयोग्य बनेको छ । बिक्रम चौहान आफैंमा सफल निर्देशक रहेका छन । उनका हरेक भिडियोमा बेदना देख्न सकिन्छ । आफैंले दुःख गरेर कथा लेख्ने अनि मध्यरात नभनी सुटिङमा एकाग्रह भएर लागेको कारणले पनि होला उनी अहिले नेपालकै नम्बर वान निर्देशकको सुचीमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर