देशभर परेको वर्षाका कारण ४१ जिल्लामा बाढीको जोखिम, सर्तक रहन आग्रह — OSNepal

देशभर परेको वर्षाका कारण ४१ जिल्लामा बाढीको जोखिम, सर्तक रहन आग्रह

LC (KTM) June 15, 2021 0

काठमाडौँ – देशभर मनसुन सक्रिय भएसँगै विभिन्न जिल्लामा भारी वर्षाका कारण नदी तथा खोलाहरूमा बहाव बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको छ ।

महाशखाका अनुसार काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपरासी, पाल्पा, अछाम, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, बारा, पर्सा, रौतहटसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको खतरा बढेको भन्दै महाशाखाले सर्तक रहन आग्रह गरेको छ । महाशाखाले यस्ते सूचना जारी गर्दै शर्तक हुन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर