काठमाण्डौको मेयर भएपछि पनि बालेन ‘नेपहपको श्रीपेच’ मा फर्किए , यसरी गर्दैछन् समय ब्यवस्थापन — OSNepal

काठमाण्डौको मेयर भएपछि पनि बालेन ‘नेपहपको श्रीपेच’ मा फर्किए , यसरी गर्दैछन् समय ब्यवस्थापन

LC (KTM) June 04, 2022 0

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा फर्किएका छन् । चुनावका कारण उनले यस शो मा केही समयका लागि ब्रेक लिएका थिए । शो का निर्देशक निकेश खड्काले बालेन अब निर्णायकका रुपमा निरन्तर रहि रहने जानकारी दिएका छन् । मेयर बनेसँगै व्यस्त रहे पनि उनी समय निकालेर ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन्।

यसका लागि आयोजकले पनि बालेनलाई साथ दिएको छ । उनको समय हेरेर सुटिङ गर्ने गरेको छ। उनी यस रियालिटी शोको निर्णायकको भूमिकामा रहेका थिए । उनी महानगरको मेयर पदमा उठेका कारण चुनाव प्रचार प्रसारमा ब्यस्त रहेका कारण उनको जर्ज कुर्सी खालि भएको थियो । यो शो मा बालेनका साथमा मानस घले र गिरीश खतिवडा जजको कुर्सीमा छन्। शो को ग्रान्ड फिनाले असार २४ गते हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर