तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध ,सामान बोकेका गाडी बाटोमै रोकिए — OSNepal

तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध ,सामान बोकेका गाडी बाटोमै रोकिए

LC (KTM) June 15, 2021 0

मान्म, १ असार- लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ ।

आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । “राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।” उहाँले भन्नुभयो,“वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर