काठमाडौं १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको लागि लचिलो बन्दै गर्दा नेकपाको फुटको फाइदा लिँदै आएका विपक्षी दललाई भने अप्ठ्यारो पर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका ओली अर्का नेता माधव नेपालले राखेको शर्त २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने तयार हुँदा विपक्षी दल नेपाली कांग्रेसलाई दवाव परेको छ ।
नेपालसहितको १४६ जनाको समर्थनमा सभापति शेरबहादुरले प्रधानमन्त्री पदको दावीका साथ सर्वोच्चमा रिट दर्ता गराएका छन् । यदि नेकपा एमालेमा एकता भयो भने यो दर्ता भएको रिटको फैसला नहुन पनि सक्छ । यो स्थितिमा देउवा नेपाललाई आफुलाई दिएको समर्थन कायम राख्न भन्दै दौडधुप गरिरहेका छन् ।
पार्टी एकताको लागि नेपाल र ओली समुहका दोस्रो तहका नेताहरु लागि परेका छन् । हिजो मात्र देउवा , नेपाल सहित माओवदी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी भई विपक्षी गठबन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । नेपालले राख्दै आएको शर्तमा ओली लचिलो बन्दा नेपाललाई भने सहमति गर्न थप दवाव बढेको छ ।