वीरगञ्ज २० जेठ । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा नवनिर्वाचित वडा अध्यक्षहरु चढेको गाडी दुर्घटना भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित चढेको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको छ भन मनोजको दायाँ कुममा चोट लागेको छ ।
अन्य घाइतेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम रहेका छन् ।
साथै दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका प्रहरीले जनाएको छ ।