घ्यू तथा खानेतेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि — OSNepal

घ्यू तथा खानेतेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि

LC (KTM) June 15, 2021 0

काठमाडौं असार १ । चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा खानेतेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । आज मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा घ्यू तथा खानेतेलको मुल्यवृद्धि अत्यधिक भएको उल्लेख गरेको छ ।

त्यस्तै ,गत वर्षको वैशखको तुलनामा यस वर्षको वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ । साथै बैकका अनुसार निमार्ण सामग्रीको थाक मुल्यवृद्धि ८ .४४ प्रतिशत उल्लेख गरिएको छ ।

त्यस्तै , अघिल्लो वर्ष ५.८३ प्रतिशत रहेको बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा यस वर्ष सोही महिनामा ा ३.६५ प्रतिशत रहेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर