काठमाडौं २० जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन् ।
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गर्न पुगेका मेयर शाहले तत्काल केमिकल राखेर गन्ध हटाउने उपाय अपनाइने बताएका छन् ।
सिसाडोल पुगेर त्यहाँको स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने बताएका हुन् । उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’
साथै शाहले फोहोरबाट ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि आफ्नो रहेको बताएका उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम पनि सुरु गर्ने बताएका छन् ।
कम्तिमा पनि सबै काम गर्न ३ देखि ४ महिनाको समय लाग्ने बताएका उनले भने , ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्यो नि त । ‘