काठमाडौं १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नभएको बताएका छन् ।
एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटेको बताएका उनले सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पारेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्रीको कार्ड फालिएको भन्दै अभिव्यक्ति दिएपछि नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
‘यतिबेला एमाले सरकार परिवर्तनको खेलमा छैन।,एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ,’ उनले भनेका छन् ।