सरोज र शारदाको आवाजमा मौलिक लोक दोहोरी गीत रुमाल खल्तीमा सार्वजनिक — OSNepal

सरोज र शारदाको आवाजमा मौलिक लोक दोहोरी गीत रुमाल खल्तीमा सार्वजनिक

LC (KTM) June 02, 2022 0

चर्चित गायक तथा संगीतकार सरोज ढकाल र गायीका सारदा रसाईलीको सुमधुर आवाजमा मौलिक लोक दोहोरी गीत रुमाल खल्तीमा गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मिलन श्रेष्ठको निर्देशन तथा सन्तोष तिमल्सिनाको छायाँकन रहेको यस गीतको बानियाँटार नयाँ पुल स्थित स्टार पोइन्ट रेस्टुरेन्टमा राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष बिक्रम थापा आतिथ्यतामा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा अतिथिको रुपमा अन्य गीत तथा संगीतका सर्जकहरुको समेत उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय संगीतकर्मी संघकाअध्यक्ष बिक्रम थापाले गीतको बारेमा खुलेर प्रशंसा समेत गरेका छन् । यस गीतका गायक गायिका, सर्जक ,कलाकार र गीतको भिडियो सङ्ग जोडीएका सम्पुर्ण कलाकारहरुको उनले तारिफ गर्दै सफलताको शुभकामना समेत दिए । उक्त कार्यक्रममा गीत संगीत क्षेत्रका साथ साथै राजनितिक ब्यवसायिक, र सन्चारकर्मीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । सार्वजनिक गीतमा स्वर, शब्द तथा संगीत सरोज ढकालको नै रहेको छ ।

ढकाललाई सारदा रसाईली साथ दिएकी छिन् । संगीत संयोजन नारायण दङ्गालको रहेको छ भने भिडियो निर्देशन मिलन श्रेष्ठ, नृत्य निर्देशन राजाराम शिम्खडा,छाँयाकन सन्तोश तिमल्सिना ,सम्पादन रोशन धितालको रहेको छ । चर्चित मोडल आयुश्मा कार्की लोमश शर्मा र गायक स्वयम् सरोज ढकालको यस गीतमा दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई मिलन फिल्मस प्रोडक्सन को यूट्यूब च्यानलमा हेर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर