नाम्जा भोटेको सामाजिक कथावस्तु बोकेको ए मेरा छोरा बोलको मर्मस्पर्शी गीत सार्वजनिक — OSNepal

नाम्जा भोटेको सामाजिक कथावस्तु बोकेको ए मेरा छोरा बोलको मर्मस्पर्शी गीत सार्वजनिक

LC (KTM) June 02, 2022 0

नाम्जा भोटे सांगीतिक आकाशको अहिले एक परिचित नाम बन्न पुगेको छ । बहुप्रतिभाका धनी भोटे सुमधुर स्वरका धनी मात्र छैनन् उनी आफै शब्द कोर्छन् र त्यसलाई संगीत पनि भर्ने काम गर्छन् । उनै भोटेको ए मेरा छोरा बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष सुबेदीको निर्देशन तथा छायाँकन रहेको यस गीतले सामाजिक परिबेशको घटनालाई चरितार्थ गरेको छ ।

बिशेष गरेर अहिले समाजमा देखिएको जन्म दिने आमाले आफ्नो छोरा छोरीलाई तथा श्रीमान् लाई चटक्कै माया मारेर छोडिदा उनीहरुले भोग्नु परेको पीडाका बारेमा गीतले एकदमै मार्मिक ढंगबाट प्रस्तुत गरेको छ । यस गीतमा भोटे आफैले अभिनय गरेका छन् भने उनलाई प्रनिशा गुरुङ्गले साथ दिएकी छिन् । झण्डै एक दशक देखी गीत संगीतलाई आफ्नो कर्म क्षेत्र बनाएर लागि परेका भोटेले आधा दर्जन भन्दा बढी गीतहरु गाई सकेका छन् भने गीतमा शब्द तथा संगीत समेत दिएका छन् ।

सन्तानको सुखका लागि श्रीमान् श्रीमती मिलेर बस्नु पर्ने सन्देश बोकेको यस गीतको संगीत संयोजन रुद्र श्रेष्ठको छ भने सम्पादन तथा कलर रमिला खत्रीको रहेको छ । दाजुभाई रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको यस गीतलाई भोटेले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर