काठमाडौं १९ जेठ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।
निगमको बिहिबार बसेको सञ्चालक समितिको बैठकले प्रतिलिटर १० रुपैयाा घटाउने निणर्य गरेको हो ।
बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको साविक मुल्यमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमले जनाएको हो ।
पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार सरकारले घटाएपछि मुल्य समायोजन भएको हो ।