काठमाडौं १९ जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले सरकारले ल्याएको बजेट चुनावका लागि गरिएको प्रचारात्मक घोषणापत्र जस्तो भएको बताएका छन् ।
संसदमा भएको बजेटमाथि छलफलमा सांसद रावलले बजेट सामान्य अवस्थामा चुनावी लाभका लागि गरिने सतही र प्रचारात्मक घोषणापत्र जस्तो भएको बताएका हुन् ।
जारी बजेटमा हटाउनु पर्ने र संसोधन गर्नु पर्ने धेरै कुराहरू भएको बताएका रावले भनेका छन् ,’बजेटले संविधानको धारा ५० मा उल्लेखित राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रुपमान्तरण, अर्थ,उद्योग वाणिज्य, कृषि र भूमिसुधार, विकास र प्रकृतिक साधान र स्रोतको संरक्षणलगायतका प्रावधानले विपरीत दिशा समातेको छ ।’
बजेट अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति विपरीत समेत आरोप लगाएका रावलले अहिले सरकारले ल्याएको बजेट देशको आर्थिक दुरावस्था प्रति संवेदनशील नभइ राज्यकोष फजुल काममा वितरण गर्ने दिशा लिने देखिएको बताएका छन् ।