काठमाडौं १९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको बताएका छन् ।
पार्टी एकीकरणपछि त्यो एजेण्डा छोड्न राप्रपा बाध्य भएको भन्दै थापाले यसलाई राप्रपा नेपालले अघि सारेकोमा खुसी लागेको बताएका छन् ।
उनले भनेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७०सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको हो।पार्टी एकीकरणपछि त्यो एजेण्डा छोड्न राप्रपा वाध्य भएको थियो। राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेकोमा खुसी लागेको छ । ‘
आज बिहीबार राप्रपाको धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग गरेको प्रति थापाले खुसी व्यक्त गरेका हुन् ।