कर लगाउनका लागि ऊर्जा मन्त्रालयले भनेको हो, कि अर्थमन्त्री आफैले कर लगाएको हो ? गगन थापा — OSNepal

कर लगाउनका लागि ऊर्जा मन्त्रालयले भनेको हो, कि अर्थमन्त्री आफैले कर लगाएको हो ? गगन थापा

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवै सांसद गगन थापाले बजेटमा काठमाडौंबाट चितवन १ घण्टामा पुग्न फास्ट ट्र्याक निर्माणको योजना भौतिक मन्त्रालयलाई किन थाहा नै नभएको भन्दै प्रश्न गरेका छन् ।

आइतबार जारी गरिएको बजेट माथि संसदमा जारी छलफलमा नेता थापाले किन जानकारी नभएको भनी प्रश्न गरेका हुन् ।

आगामी वर्षको बजेटमा राम्रा योजना हुँदाहुँदै पनि प्रश्न उठ्ने ठाउँ रहेको बताएका थापाले बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रवर्द्धन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न उठ्ने बताएका छन् ।

थापाले विद्युतीय सवारीमा लगाइएको करबारे पनि प्रश्न गर्दै भनेका छन् , ‘ऊर्जा मन्त्रालयले योभन्दा बढीको, महँगो गाडीहरूलाई यसरी कर लगाउनुपर्छ भनेर मागेको हो वा अर्थ मन्त्रालयले गरेको हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर