काठमाडौं १९ जेठ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले ८ प्रतिशत आर्थिक वृद्धि गर्न नयाँ एडम स्मिथ खोज्नुपर्ने हो भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
संसदमा जारी बजेट छलफलमा नेता ज्ञवालीले यो बजेट कार्यान्वयनमा नजाने बताएका छन् ।
‘पूँजीगत खर्च घटाएको बताएका उनले भने ,‘२१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि ? यसको लागि त नयाँ एडम स्मित खोज्नु पर्ने हो कि नयाँ मार्क्स खोज्नुपर्ने हो कि नयाँ पिकेटी खोज्नुपर्ने हो ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यस्तो कुरा कहीँ पनि हुन्छ जस्तो मलाइ लाग्दैन ।’
बजेटमा विरोधाभाषी विषयहरू समेत रहेको बताएका उनले यो बजेट निश्चित घरानालाई फाइदा हुनेगरि ल्याइएको बताएका छन् ।
उनले भने, ‘एकातिर आयात घटाउँदै छु भन्नु हुन्छ । अर्को तिर राजश्व बढाउँछु भन्नुहुन्छ । जबकि हाम्रो राजश्वको अत्याधिक ठूलो हिस्सा आयातमाथि निर्भर छ ।’