काठमाडौं १९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने बताएका छन् ।
इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम बताएका उनले सामाजिक सञ्जल मार्फत भनेका छन् , ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छु ,त्यसैले हामी हार व्यहोर्न तयार छौँ तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
बुधबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेले जस्तै कांग्रे सले पनि दम्भ र अहंकार देखाउँदै गए ठोक्दै जाने भन्दै कांग्रेसलाई पनि दम्भ नदेखाउन चेतावनी दिएका थिए ।