काठमाडौं :
पछिल्लो समय विवाद एवम् चर्चामा आएकी कबड्डी– ४ की नायिका मिरुना मगरले सही काम गर्न कहिल्यै समय गलत नहुने बताएकी छन् ।
कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्छु भन्दै हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् ।
त्यस्तै उनले अहिलेलाई कठिन भए पनि भोलीका दिनमा अबश्य परिवर्तन हुने बताइन् मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।
तामाङ दुव्र्यवहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।अहिले भने उक्त केश साम्य भइसकेको छ ।