ग्रामीण भेगबाट गायक जन्माउँदै संगीतकार तथा संचारकर्मी दीपक ओली , अन्जु पन्त संग नव प्रतिभा गोपि लुङगेलीको गीत रेकर्ड — OSNepal

ग्रामीण भेगबाट गायक जन्माउँदै संगीतकार तथा संचारकर्मी दीपक ओली , अन्जु पन्त संग नव प्रतिभा गोपि लुङगेलीको गीत रेकर्ड

LC (KTM) June 01, 2022 0

ग्रामीण भेगमा रहेका गायन प्रतिभालाई गीत संगीतमा अगाडी ल्याउन पछिल्लो समय तल्लीन रहेका छन् संगीतकार तथा संचारकर्मी दिपक ओली । लामो समय सम्म काठमाण्डौमा रहेर संचारकर्म तथा संगीतमा बिताएका ओली यतिबेला झापा सुरुङा स्थित आफ्नै घरमा रहेर सांगीतिक आकाशमा नयाँ प्रतिभाहरु जन्माउने काम गरिरहेका छन् ।

आफ्नै ठाउँमा ओलिलाइ सङीतकारको रुपमा कमै मात्रले चिन्ने गरेता पनि धेरैले संचारकर्मीको रुपमा चिन्ने गरेका छन् । दमकमा रहेको पाथीभरा एफ एममा खुल्ला मञ्च कार्यक्रम संचालकको रुपमा ओली एकदमै फेमस रहेका छन् । उनले दर्जनौ हिट गीतमा आफ्नो संगीत दिई सकेका छन् । ग्रामीण भेगमा फक्रदै गरेका गायन प्रतिभालाई रेडियोको खुलामञ्च कार्यक्रम मार्फत उनले प्रतिभाको उजागर गर्दै आएका छन् ।

बिशेषत आर्थिक अबस्था कमजोर भएका मोफसल मा ओझेलमा रहेका राम्रा प्रतिभाहरु लाई रेडियो कार्यक्रम खुल्ला मञ्च मार्फत छनौट गरेर बिजेता बनेका प्रतिभाहरुलाई आफैले सम्पुर्ण खर्च बेहोरेर गीत रेकर्ड गरिदिने गरेका छन् । हरेक महिना एक जना बिजेतालाई निशुल्क गीत रेकर्ड गराई दिने कार्यमा ओलीलाई दमकमा रहेको काब्य रेकर्डस का असोक थापाले सहयोग गर्ने गरेका छन् । उनले दृष्टिबिहिन गायन प्रतिभा धिरेन्द्र बि.क. , प्रेम राई, गोपि लुङगेलि सहितका थुप्रै प्रतिभाहरुलाई सांगीतिक बजारमा पाइला टेकाउन सफल भएका छन् ।

उनै ओलीले भर्खरै चर्चित गायिका अन्जु पन्त सङ नब गायक गोपि लुङगेलि को युगल गीत रेकर्ड गराएका छन् । नक्साल स्थित पर्पल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा फनिन्द्र राईको एरेन्ज , संगीत दीपक ओली तथा शब्द ओली र कैलास कार्किको रहेको छ । गायीका अञ्जु पन्तले गीत एकदमै राम्रो बनेको प्रतिक्रिया समेत दिएकी छिन् । यसअघि ओलीको शब्द तथा संगीत रहेको राम राम तिम्रो कसम ढाटे मरि जाउ बोलको गीतले निक्कै माहोल तताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर