काठमाडौं १८ जेठ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले फण्डा चलाउनेमाथि जनताले डण्डा चलाउन नसक्ला तर इतिहासले कदापि माफी नदिने बताएका छन् ।
गणतन्त्रसँग समृद्धिलाई जोड्नु हामी सबैको मूल ध्येय हुनुपर्ने बताएका उनले सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन् ।
नेताहरु एकपछि अर्को राजनैतिक फण्डा चलाइरहने र राजनैतिक दाउपेज भन्दा माथि उठ्नै नसक्ने नालायक भइसकेको पनि टिप्पणी गरेका छन् ।
उनले भनेका छन् , ‘गणतन्त्रसँग समृद्धिलाई जोड्नु हामी सबैको मूल ध्येय हुनुपर्छ।
तर हामी नेताहरु एकपछि अर्को राजनैतिक फण्डा चलाइरहने र राजनैतिक दाउपेज भन्दा माथि उठ्नै नसक्ने नालायक भइसक्यौं।
होसियार! फण्डा चलाउनेमाथि जनताले डण्डा चलाउन नसक्ला तर इतिहासले कदापि माफी दिने छैन।’