काठमाडौं ।
सरकारी जागिर छाडेर बनेपाको मेयर पदमा लडेर पराजित भएका व्यक्ति हुन् कञ्चन गिरी । गिरीले मेयरमा २ सय मत पनि कटाउन सकेनन् ।
चुनावमा पराजित भए लगत्तै गिरीले नेपाल विद्युत् प्राधिकरणको सातौँ तहको अधिकृतबाट राजीनामा दिएपनि फेरि सोही स्तरको जागिरमा नाम निकालेर चमत्कार गरेका छन् ।
जागीरबाट राजीनामा दिएका, मेयरमा पराजित भएका भ एता पनि गिरीले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा नाम निकालेका हुन् ।
पुतली चुनाव चिह्नबाट निर्वाचन लडेका उनले १६१ मत पाएका थिए । गिरीले नाम निकालेसँगै सौभाग्यवश, भगवानले आफ्नो हात थामेको प्रतिक्रिया दिएका छन् ।
उनले भने शायद यसैलाई डिभाइन इन्टरभेशन भनिन्छ होला । मेरो नाम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा निस्केसँग अब भने राजनीतिको कुरा नै नगर्ने बताएका छन् ।
आफ्नो लक्ष्य देश र जनताको सेवा गर्ने भएको भन्दै दायरा र जिम्मेवारी फरक भए पनि आफ्नो लक्ष्यमा विचलित नहुने उनले प्रतिक्रिया दिएका छन् ।