पोखरा १८ जेठ । पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापा पराजित भएपछि एमालेले आफ्नै पार्टीको नेतामाथि कारवाही अगाडी सारेको छ ।
पार्टीभित्रकै घात रअन्तरघातका कारण थापा पराजित भएको भन्दै एमालेले पार्टीका तीन स्थानीय नेतामाथी कारवाहीको प्रक्रिया अगाडी सारेको हो । कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य रहेका छन् ।
मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ उनको विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।
पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको विज्ञप्तीमा उल्लेख गरिएको छ। अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरिएको छ ।
उनीहरुलाई विधानको धारा ८० को अनुशासन उल्लंघन गरेको अभियोगमा धारा ८१ अनुसार कारवाही गरिएको विज्ञेप्तिमा उल्लेख गरिएको छ ।