काठमाडौं ।लोकप्रिय लोकदोहोरी गायिका बीमाकुमारी दुरा पछिल्ला केही वर्ष निकै तनावमा छिन् । गायिका दुरा पतिसहित अमेरिका हानिएकी हुन् ।कुनै समयकी निकै व्यस्त, नाम र दाम समेत कमाउन सफल गायिका दुरा ठूलो आर्थिक समस्यामा फसेको, आफन्तबाट ठगिएका कारण पछिबल्लो समय उनले रुँदै दिएका अन्तरवर्ताारु सामाजिक संजालमा बाहिरिएका थिए ।
अमेरिका उड्नु अघि गायिका दुराले टिकटकमा एउटा मार्मिक भिडियो पोस्ट गर्दै आफ्नो दर्दनाक कहानी बताएकी छिन् ।अमेरिका उड्नुअघि उनले सार्वजनिक गरेको भिडियोमा उनले भनेकी छिन् ‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्यायो ।
तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् । म जस्तो रोएर हिंड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई ।
तर न्याय कहाँ छ भन्न चाहन्छु ।’ स्रोतका अनुसार गायिका दुरा र उनका पति अमेरिकामा रहेकी छोरीसँग बस्नका लागि देश नै छाडेर गएको बुझिएको छ ।नेपाल छाड्न दुराले मार्मिक भिडियो भायरल बनिरहँदा उनले अमेरिका पुगेर पनि दुराले भिडियो पोस्ट गरेकी छन् । जसमा गोंगबुमा आफूले निर्माण गरेको पाँचतले घर बिक्री गर्ने क्रममा आफन्तबाटै ठगिएको उल्लेख छ ।