प्रचण्डको चिन्ता : पार्टीलाई पहिचानको संकट र नागरिकलाई पनि माओवादी झन् खराब हो कि भन्ने पर्न थाल्यो — OSNepal

प्रचण्डको चिन्ता : पार्टीलाई पहिचानको संकट र नागरिकलाई पनि माओवादी झन् खराब हो कि भन्ने पर्न थाल्यो

LC (KTM) June 01, 2022 0

काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको बताएका छन् ।

निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको भन्दै नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको बताएका हुन् ।

‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’प्रचण्डले भने ।

विगतमा जनताको काममा सहयोग गर्ने माओवादी अहिले संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छा डेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर