काठमाडौं १८ जेठ । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीको सिद्धान्त पुँजीबादलाई सघाउने नभई पुँजीबादलाई भत्काउन रहेको बताएका छन् ।
स्थानीय निर्वाचनमा निर्वाचित भएका नेताहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै पुँजीबादको विरुद्धमा जाने पार्टीको नीति भएको बताएका हुन् ।
‘शान्तिपूर्ण प्रतिस्पर्धा भन्नु र संसदवाद भन्नु एउटै होइन, हामी माओवादी पुँजीवादलाई सघाउन शान्तिपूर्ण राजनीतिमा आएका होइनौं,‘शान्तिपूर्ण प्रतिस्पर्धामार्फत पुँजीवादका विरुद्ध जान आएका हौं ।’ उनले भने ।
उत्पादन र रोजगारीसँग जनतालाई जोडने र त्यही जनता बस्न सक्ने गरी बाताबरण बनाउने काम माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुको विशेष भूमिका हुनुपर्नेमा जोड दिएका उनले पार्टीको बाटोका बारेमा भ्रम र अन्यौलता पाल्नु नहुने बताएका छन् ।
निर्वाचनमा हाम्रो सहभागिता, जनप्रतिनिधी सस्थामा आफ्नो भूमिका पुँजीबादलाई सघाउन नभएको बताएका उनले पुँजीबादलाई भत्काउन भएकोले यसमा स्पष्ट हुनुपर्ने बताएका हुन् ।