काठमाडौं १८ जेठ । नेकपा एमालेका सासंद भानुभक्त ढकालले आगामी आर्थिक वर्ष २०७९ /८० को बजेटमाथि टिप्पणी गरेका छन् ।
आइतबार जारी भएको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न मंगलबारबाट सुरु भएको संसद बैठकमा छलफलको आज दोस्रो दिन नेता ढकालले बजेटमा कृषि क्षेत्रको विकास गर्न ३०० स्वयमसेवक राख्ने भनिएको छ,तर ति स्वयमुसेवकले के गर्छन् भन्दै प्रश्न गरेका छन् ।
कृषि क्षेत्रको विकास गर्न ३०० स्वयम सेवकले बाख्रा चराउँन जान्छन कि गाई भैसीका दुध दुन्छन् कि, गठबन्धनको स्यारसुसार गर्छन् भन्दै उनले प्रश्न गरेका हुन् ।
साथै , उनले १५९ जना महिला जनप्रतिनिधिहरु आउँन रोकेर अहिले बजेटमा भने महिला पहिला कार्यक्रम भनेर ल्याइएको प्रति आलोचना पनि गरेका छन् ।
महिला पहिलो कार्यक्रम ल्याएर अल्मलाउँने खोजेको यो सरकारको सक्कली पनि देखिएको बताएका छन् ।